Monday, February 17, 2025
Homeफिचरलेटाङका प्रमुख प्रशासकीय अधिकृत प्रशंसित हुँदै भए बिदाइ

लेटाङका प्रमुख प्रशासकीय अधिकृत प्रशंसित हुँदै भए बिदाइ

लेटाङः उत्तरी मोरङको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको बिदाइ भएको छ । बिदाइ समारोहमा आयोजित कार्यक्रममा उपस्थित व्यक्तिले न्यौपानेको कार्यशैलीको खुलेर प्रशंसा गरे ।

आफू २२ महिना लेटाङमा रहँदा ३३ वटा कानुन निर्माण गर्नुका साथै १० वटा कानुन संशोधन गरिएको उहाँले बताउनुभयो । जनप्रतिनिधिहरुको काम गर्ने सोच र आफ्नो कामप्रतिको लगावका कारण काम गर्न सजिलो भएको उहाँको भनाइ थियो ।

लेटाङ नगरपालिकाको आवधिक योजना, यातायात गुरुयोजना, पर्यटन गुरुयोजना र राजस्व सुधार योजना पुस्तकका रूपमा प्रकाशन गरी नगरलाई योजनाबद्ध विकासको दिशामा अगाडि बढाइएको उहाँले बताउनुभयो । त्यस्तै, लेटाङको न्यायिक अभ्यास र लेटाङ जर्नल प्रकाशनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै वार्षिक योजना तथा कार्यक्रम वैशाख मसान्तभित्र सम्पन्न गर्ने अभ्यास शुरु गरिएकाले लिजा, एफआरए प्रणाली र कार्यसम्पादन सूचकमा समेत लेटाङले थप सुधार ल्याउने उहाँको भनाइ छ ।

लेटाङ नगरपालिकाबाट बिदाइ भएसँगै उहाँ झापाको कन्काई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर जानुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments