विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार १०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८५० रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







