Friday, December 5, 2025
Homeखेलकुदमाघ १९ गतेदेखि विराटचोकमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप हुने

माघ १९ गतेदेखि विराटचोकमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप हुने

विराटचोकः यही माघ १९ गतेदेखि विराट भेट्रानको आयोजनामा विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा भारतका जी जे युनाइटेड भेट्रान दार्जिलिङ र एनआरसी भेट्रान सिक्किमले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । १० टिममध्ये बाँकी ८ टिम नेपालका रहेका छन् । नेपालका दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान मोरङ, राजारानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड झापा र आयोजक विराट भेट्रानका २ टिम सहभागी हुने भएका छन् ।

माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा ४० वर्षको हुनुपर्ने नियम राखिएको छ । प्रतियोगितामा विजयी टिमलाई नगद १ लाख १ हजार १११ रुपैयाँ नगदका साथमा ट्रफी र मेडल तथा उपविजेता टिमलाई नगद ५० हजार ५५५ रुपैयाँ नगद र ट्रफी तथा मेडल पुरस्कार दिइने खेल संयोजक युवेन गुरुङले जानकारी दिनुभयो । म्यान अफ द म्याचका साथै विभिन्न विधागत पुरस्कार पनि दिइने उहाँले जानकारी दिनुभयो ।

फिफाको नियमअनुसार हुने प्रतियोगितामा पूर्वाञ्चल ल्युब्रिकेन्ट्स आयलको मुख्य प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका प्रवद्र्धक तथा जिल्ला फुटबल संघ मोरङ सहयोगकर्ताको रुपमा रहेको आयोजक विराट भेट्रानका अध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर भेट्रान विजेता बनेको थियो । दोस्रो संस्करणमा आयोजक विराट भेट्रान र तेस्रो संस्करणमा झापा भेट्रान विजेता बनेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments