विराटनगरः शनिबार विराटनगरमा सम्पन्न प्रेस चौतारी मोरङको नवौँ अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा चिना थापालाई चयन गरेको छ ।
अधिवेशनले जिल्ला कार्यसमितिको उपाध्यक्षमा सशाङ्क पौडेल, महिला उपाध्यक्षमा रामजना रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराईलाई चयन गरेको छ ।
अधिवेशनमा पत्रकार महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५ देखि २७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।
जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षुमन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।







