विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।
सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।







