इटहरीः चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । इटहरी रङ्गशाला परिसरको कभर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ । ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।