Tuesday, December 24, 2024
Homeफिचरयस्तो छ तीन खण्डमा बन्दै गरेको एशियन राजमार्गको भौतिक निर्माणको अवस्था

यस्तो छ तीन खण्डमा बन्दै गरेको एशियन राजमार्गको भौतिक निर्माणको अवस्था

विराटचोकः गत आर्थिक वर्षदेखि पूर्व–पश्चिम राजमार्गलाई लेन थपेर एशियन राजमार्गको रुपमा विकास गर्ने क्रममा कोशी प्रदेशमा तीन खण्डमा सडकको स्तरोन्नति भइरहेको छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ ।

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक १० अर्ब ६ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले २०८० कात्तिक २ गते सम्झौता गरी माघ १९ गतेदेखि काम शुरु गरेको छ । सो खण्डमा हालसम्म लगभग ६ प्रतिशत काम सम्पन्न भएको छ ।

यस सडक खण्डको सीमाभित्र परेका ४ हजार ७२६ वटा रुख काटेर २ हजार १०० रुख डिभिजन वनलाई हस्तान्तरण गरिएको छ । विद्युत् प्राधिकरणले २ हजार २०० खम्बामध्ये ४०० खम्बा सारिसकेको र अन्य सार्ने क्रममा रहेको छ ।

१४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने बताइएको छ । चारअली जंगलमा हात्तीका लागि अण्डरपास र ६ वटा पैदलयात्री क्रसिङ बन्ने भएका छन् । ३०० मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुने भएका छन् । निन्दा, बिरिङ र कन्काई पुलमा निर्माण हुने ३ सय मिटरभन्दा लामा पुलका लागि अर्ब ९७ करोडमा ठेक्का दिएको र पुल निर्माणको काम ४ प्रतिशतभन्दा बढी भइसकेको छ ।

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् । प्याकेज नं मा २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर सडक खण्ड रहेको छ । ९ अर्ब १३ करोड ८२ लाखमा सो खण्डको निर्माणका लागि सम्झौता भएको छ । रुख कटान, माटो फिलिङलगायत काम भइरहेको सो सडकखण्डको हालसम्ममा ७ प्रतिशत काम भइसकेको छ ।

यस्तै, प्याकेज नं ३ अन्तर्गत मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर सडकको ठेक्का सम्झौता ४ अर्ब सात करोड ३५ लाखमा भएको छ सो खण्डको ३ प्रतिशत काम सम्पन्न भएको छ ।

प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । ती पुल सो प्याकेजको सडक निर्माणको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । हालसम्म सडक सीमाक्षेत्रभित्रका दुवै प्याकेजका ६ हजार ६ सय २९ रुख काटिएको छ ।

रतुवा, बक्राहा र लोहन्द्रा खोलामा निर्माण हुने ३०० मिटरभन्दा लामा पुल निर्माणका लागि ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँमा सम्झौता भएको र हालसम्म ८ प्रतिशत काम सम्पन्न भइसकेको छ । काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका सवै प्याकेजका योजना ३ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ ।

कोशी प्रदेशमा तीन खण्डमा स्तरोन्नति हुँदै एसियन राजमार्ग

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments