Tuesday, December 24, 2024
Homeअर्थ१ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

१ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २५ पैसा र डिजेलमा १ रुपैयाँ ४ पैसा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको भए पनि निगमले भने पुरानै मूल्यलाई निरन्तरता दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments