मादीः तमू ल्होसारको अवसर पारेर संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नव सिर्जना प्रगतिशील युवा क्लबले पुस १२ गतेदेखि १५ गतेसम्म मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको हो । प्रतियोगितामा स्थानीय तथा नगर बाहिरका क्लबहरुले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले शिल्ड र प्रमाणपत्रका साथै नगद १ लाख १ञ् हजार १ सय ११ र दोस्रो हुनेले टोलीले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । सेमीफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । नगर बाहिरका क्लबहरुलाई यातायात खर्च वापत प्रति टोली ५ हजार उपलब्ध गराइने भएको छ ।
हरेक वर्ष ल्होसारको अवसरमा आयोजना हुँदै आएको ल्होसार सांस्कृतिक साँझ पुस १५ गते हुने भएको छ । कार्यक्रममा स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारको समेत साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । समितिका अनुसार कार्यक्रममा गायककारहरु सबिना योङ्हाङ लिम्बू, खुस्बु गुरुङ र थिरज राईको प्रस्तुति रहने भएको छ । स्थानीय कलाकारहरुले पनि नृत्य, गायनका अतिरिक्त अन्य प्रतिभाहरु प्रस्तुत गर्ने भएका छन् ।