Monday, December 23, 2024
Homeफिचरराष्ट्रिय स्तरका विकास बैंकको नाफामा २९ प्रतिशतको वृद्धि

राष्ट्रिय स्तरका विकास बैंकको नाफामा २९ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकले खुद नाफा २९ दशमलव ०७ प्रतिशतले बढाएका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १ अर्ब १० करोड ७५ लाख रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकबाहेक ७ बैंकले नाफा बढाएका छन् । ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७ दशमलव ६० प्रतिशतले बढेकोे छ । दोस्रोमा धेरै नाफा बढाउनेमा कामना सेवा विकास बैंकको रहेको छ । जसको नाफा ४६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक छ । मुक्तिनाथले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढेको छ ।

य शाइन रेसुङा विकास बैंकले २३ करोड ९३ लाख, गरिमा विकास बैंकले २२ करोड ५७ लाख , लुम्बिनीले २० करोड १९ लाख, कामना सेवाले १७ करोड ४९ लाख, ज्योतिले १५ करोड ११ लाख, महालक्ष्मीले ९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा कमाउने बैंक सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा २९ प्रतिशतले बढेको हो । सांग्रिलाले गत आर्थिक वर्षको सोही अवधिम्ममा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

महालक्ष्मी विकास बैंकको नाफा भने १.१४ प्रतिशतले घटेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments