विराटचोकः इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा शनिबार जेसीज भवन सुन्दरहरैंचामा सम्पन्न भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा समितिका अध्यक्ष नवराज चापागाईँले आर्थिक वर्ष २०८०\०८१ को प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नियमित रुपमा समयमै खानेपानी महसुल बुझाउने ५ जना उपभोक्तालाई सम्मान गरिएको थियो । सम्मान्ति हुने उपभोक्तामा सुन्दरहरैंचा ९ की मुनाकुमारी विश्वकर्मा, सुन्दरहरैंचा १० का चुडामणि नेपाल र दिलमाया घिमिरे, सुन्दरहरैंचा ११ की कमला पौडेल र सुन्दरहरैंचा १२ की राधिका लिम्बू हुनुहुन्थ्यो । उत्कृष्ट कर्मचारी मनोजकुमार थापालाई नग ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
लेखा समितिका संयोजक हेमराज सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन समितिका सचिव अर्जुन गजुरेलले गर्नुभएको थियो ।