Tuesday, December 24, 2024
Homeफिचरकोशी प्रदेशका ४ सहित १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर

कोशी प्रदेशका ४ सहित १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौंः गृह मन्त्रालयले कोशी प्रदेशका ४ सहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिव स्तरका २७ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । कोशी प्रदेशका ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा भएको छ । कोशी प्रदेशबाट धनकुटा, ताप्लेजुङ, पाँचथर र संखुवासभाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

कोशी प्रदेशको धनकुटा जिल्लामा दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको सरुवा भएको छ । धनकुटामा हाल कार्यरत प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल भने गोरखाको प्रमुख जिल्ला अधिकारी भएका छन् ।

यी हुन् सरुवा भएका कर्मचारी र सरुवा भएको कार्यालय

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments