Monday, December 23, 2024
Homeपर्यटनपर्यटकीय सम्भावना बोकेको सुन्दरहरैंचा

पर्यटकीय सम्भावना बोकेको सुन्दरहरैंचा

खेमचन्द्र अधिकारी

विराटचोकः नगरको उत्तरतर्फ रहेको चारकोशे जङ्गलको हरियाली र सिमसार क्षेत्र रहेको सुन्दरहरैंचा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा सुन्दरहरैंचामा पर्यटक तान्न नगरले चासो दिनुपर्ने देखिन्छ ।

नगरको बीचमा रहेको पूर्वपश्चिम राजमार्गले देश तथा विदेशका पर्यटकलाई सहज सडक यातायातको सुविधा दिन सक्ने भएकाले र नगरका हरेक पर्यटकीय क्षेत्रसम्म जान कालोपत्रे सडक भएकाले आवागमनमा कुनै समस्या नहुँदा पनि पर्यटनको क्षेत्रमा नगरले चासो दिएको छैन ।

पर्यटकीय क्षेत्रको विकासका लागि भनेर बाघझोडा क्षेत्रमा बनाइएको बाँधको सदुपयोग हुन सकेको छैन भने हसिना सिमसार क्षेत्रमा भइरहेको काममा ढिलासुस्ती भइरहेको छ ।

पश्चिमतर्फ इटहरी उपमहानगरपालिकासँग सिमाना जोडिएको यस नगरमा प्रदेश राजधानी विराटनगरबाट पनि आधा घण्टाको सवारी यात्रामा आउन सकिन्छ । उत्तरी मोरङका पर्यटकीय स्थान सूर्याेदयको दृश्य हेर्न सकिने जेफाले, धरान बजार र तराईका फाँट नियाल्न सकिने तोपथुम्की, सुनाखरीको राजधानी राजारानी, सप्तकन्या गुफा जाने मुख्य प्रवेश मार्ग पनि सुन्दरहरैंचा नै हो । ती क्षेत्रमा जाने पर्यटकलाई पनि एक दिन सुन्दरहरैंचामा नै घुमाउन सक्ने वातावरण मिलाउन धेरै मिहिनेत गर्नु नपरे पनि नगरले चासो दिन सकेको छैन ।

सुन्दरहरैंचामा तीन तारेदेखि साना ठूला ४ दर्जन हाराहारी होटल तथा लज रहेकाले खान बस्नको समस्या छैन । धेरै पर्यटक आएपछि थप होटल र लज पनि खुल्न सक्ने सम्भावना भएको हुनाले पर्यटकलाई आतिथ्यता प्रदान गर्न पनि कुनै समस्या नहुने देखिन्छ ।

सुन्दरहरैंचाका पर्यटकीय क्षेत्रहरु
नयाँ वृन्दावन गौशाला
हसिना सिमसार
छपोखरी ताल
गोकुलम रिसोर्ट
गोकर्ण रिसोर्ट
त्रिवेणी रिसोर्ट
शेषनारायण दिव्यधाम
पूर्वाञ्चल विश्वविद्यालय,
भुल्के जलाधार क्षेत्र
कृष्ण प्रणामी मन्दिर
कालीमन्दिर जलाधार क्षेत्र
किचकगढ,
बाघझोडा सिमसार क्षेत्र

त्यतिमात्रै होइन सुन्दरहरैंचामा बनिसकेका र निर्माणाधीन युरोपियन मापदण्डका सार्वजनिक शौचालय र सार्वजनिक पुस्तकालयका साथै रणकाली मन्दिर, लक्ष्मीनारायण मन्दिर, दुर्गापाञ्चायन मन्दिर, विश्वकर्मा मन्दिर, शिवपाञ्चायन मन्दिर, भट्टराई कुल वंश प्रतिष्ठान, गणेश मन्दिर, नागदेवी मन्दिर, त्रिपुरेश्वर शिवालय, विभिन्न ग्रामथानहरु, सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यमिक विद्यालयलगायतका क्षेत्रको भ्रमण धार्मिक, शैक्षिक र शोध तथा खोजमूलक भ्रमण गराउन तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments