विराटचोकः आज सुनको भाउ बढेसँगै हिजो कायम भएको हालसम्मको उच्च मूल्यको रेकर्ड तोडिएको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलमा १३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको थियो ।