विराटचोकः दशैंको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । धितोपत्र कारोबार हुने नेप्से पनि आजदेखि खुलेकाले शेयर किनबेच गर्न सकिने भएको छ ।
दशैंपछिको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा शेयर बजार शून्य दशमलव ०९ अंकले घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
जम्मा २३ वटा कम्पनीको ३५ पटकको कारोबारमा १ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ६ लाख ५८ हजार २०८ रुपैयाँको शेयर किनबेच भएको छ ।