काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । स्नातक तहमा न्यूनतम १०० पूर्णाङ्कको सो विषय अध्ययन गरेको विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण भएमा अध्ययन गर्न पाउने नयाँ व्यवस्था गरिएको हो ।
विश्वमा केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरिएकोमा नेपालमा पनि अब सो व्यवस्था गरिएको हो । २४ असोजमा त्रिवि प्राज्ञिक परिषद्ले जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको थियो ।
त्यस अनुसार अंग्रेजी र नेपाली विषय विभागहरूले भर्ना खुलाएका छन् ।
पछिल्लो समय विश्विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।