Tuesday, December 24, 2024
Homeकला र साहित्यअनिल लामाको स्वरमा ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

अनिल लामाको स्वरमा ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौंः गायक अनिल लामा र गायिका सुमिना लोको स्वरमा ‘चिरबिर गर्ने भँगेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ सेलोमा रहेको यस गीतमा शब्द जीवन बोमजनको रहेको छ भने गीतमा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।

अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय कलाकार रोशन गुरुङ र नेपाली म्युजिक क्षेत्रमा सर्वाधिक रुचाइएकी मोडल रिया लामाको अभिनय भिडियोमा देख्न सकिन्छ । भीमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ । पवन सुसेलिङ्गको छायाङ्कन, सम्पादन र निर्मलकुमार लामाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा प्रजिता लामाले लगानी गरेकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments