विराटचोकः आज पनि शेयर बजार मापक सूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा कम्पनीको ७७ हजार १५३ पटकको कारोबारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर बिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटै समूह राताम्य हुँदा वित्त समूह सर्वाधिक अर्थात ५ दशमलव प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको सर्वाधिक २१ करोड १३ लाख ४२ हजार ७३२ रुपैयाँको शेयर किनबेच भएको छ । सिईडिबि हाईड्रो, हिमालयन रि इन्स्योरेन्स, अपि पावर र सानिमा माई हाईड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि आज हिमालयन हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, राँवा इनर्जी, नेपाल फाइनान्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी फण्ड र इष्टर्न हाईड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४० खर्ब २१ अर्ब ८३ करोड ४५ लाख ८२ हजार ३४ रुपैयाँ कायम भएको छ ।