Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिभगवान् विश्वकर्माको जन्म प्रसङ्ग

भगवान् विश्वकर्माको जन्म प्रसङ्ग

विराटचोकः आज विश्वकर्माको पूजा गरी विश्वकर्मा पूजा दिवस मनाइँदैछ । उनै भगवान् विश्वकर्माको जन्म प्रसङ्ग यस्तो रहेको छ ।

सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएका थिए । ब्रह्माका पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँकी महिलासँग भएको थियो ।

धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारङ्गत थिए । वास्तुका एउटा छोरा भएको जसको नाम विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ ।

भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु भएका, दश बाहु भएका तथा एक मुख, चार मुख एवं पाँच मुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए । पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारङ्गत थिए र उनीहरुले धेरै आविष्कार गरेका थिए ।

मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पीलाई इँट र दैवज्ञलाई सुन–चाँदी विधामा पारङ्गत थिए भन्ने मान्यता छ ।

धार्मिक मान्यता अनुसार पाण्डवहरुले जुवामा आफ्नो सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरु जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए । त्यसबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापुर्वक व्रत बस्न आग्रह गरेका थिए । भगवान श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए भन्ने विश्वास गरिन्छ ।

आज प्रातःकालमा स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ । सर्वप्रथम कलश स्थापना गरि त्यसमा अष्टदल बनाएर राख्ने अनि कुशको अनन्त भगवान बनाएर स्थापना गर्नुपर्दछ । कलश समक्ष चौध गाँठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान अनन्तनाथ (भगवान विष्णु) को शुद्ध चित्तले पूजा आराधना गर्नुपर्दछ । तत्पश्चात धूप, दीप, नैवेद्य र अक्षता लिएर भगवान अनन्तको पूजा गर्नुपर्दछ ।

विश्वकै पहिलो इन्जिनियर भगवान् विश्वकर्मा

आज विश्वकर्मा पूजा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments