Tuesday, December 24, 2024
Homeफिचरश्री सहकारी संस्थाको अध्यक्षमा रमेश खड्का

श्री सहकारी संस्थाको अध्यक्षमा रमेश खड्का

विराटचोकः श्री सहकारी संस्था सुन्दरहरैंचाको अध्यक्षमा रमेश खड्का चयन हुनुभएको छ । गत जेठ १० गते श्री सहकारी संस्था र सुधांशु बचत तथा ऋण सहकारी संस्था मर्ज भएपछि खड्का संस्थाको अध्यक्ष चयन हुनुभएकोमा शनिबार भएको संस्थाको ३३ औँ साधारणसभाले पुनः खड्कालाई नै अध्यक्षमा चयन गरेको हो । मर्ज हुनुपूर्व खड्का सुधांशु बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवराज चापागाईँ र जिल्ला संघ प्रतिनिधिमा गोकुल तिम्सिना चयन हुनुभएको छ । सदस्यहरुमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, रामअवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली चयन हुनुभएको छ ।

रामप्रसाद गजुरेलको संयोजकत्वमा लोकेन्द्र दाहाल र विना सुवेदी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन भएको छ ।

श्री सहकारीले सुधांशु बचतलाई प्राप्ति गर्ने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments