Tuesday, December 24, 2024
Homeफिचरसाढे ९ अर्बको पनि भएन शेयर कारोबार

साढे ९ अर्बको पनि भएन शेयर कारोबार

विराटचोकः आज पनि शेयर बजारले गिरावटलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक २ दशमलव ०६ प्रतिशत अर्थात ५५ दशमलव ८६ अंकले घटेर २ हजार ६४६ दशमलव ०३ विन्दुमा अडिएको छ ।

३२७ वटा कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिँदा आज होटल समूह सर्वाधिक अर्थात २ दशमलव ६७ प्रतिशतले घटेको छ ।

आज सिईडिबि हाईड्रोको सर्वाधिक ३७ करोड ५७ हजार ८०२ रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट, एचआईडीसीएलको संस्थापक शेयर र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक ९ प्रतिशतले बढ्दा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७८ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ७ अर्ब १९ करोड ३५ लाख ७१ हजार १२२ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments