विराटचोकः श्री सहकारी संस्था हरैंचाले सुधांशु बचत तथा ऋण सहकारी संस्थालाई प्राप्ति गर्ने भएको छ ।
जेठ १० गते श्री सहकारी संस्था लिमिटेड हरैंचाको सभाहलमा एकीकरण कार्यदलका संयोजक रमेश खड्काको अध्यक्षतामा भएको संयुक्त साधारण सभाले श्री सहकारी संस्थाले सुधांशुलाई प्राप्ति गर्ने सहमति भएको हो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा दुवै संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।