Tuesday, December 24, 2024
Homeशिक्षा र स्वास्थ्यविश्वविद्यालयमा कक्षा छोड्नेको सङ्ख्या उच्च छः जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस...

विश्वविद्यालयमा कक्षा छोड्नेको सङ्ख्या उच्च छः जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख

विराटचोकः अहिले विश्वविद्यालयमा कक्षा छाड्ने विद्यार्थीको सङ्ख्या उच्च रहेको जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा. टोलनाथ काफ्लेले बताएका छन् ।

सुकुना बहुमुखी क्याम्पसको १७ औँ परिषद् बैठकलाई अतिथिको आसनबाट सम्बोधन गर्दै डा. काफ्लेले भने, ‘विद्यार्थीले अत्यन्तै इच्छा गरेर पढ्ने बीबीएमा सुकुनामा ७ पर्सेन्ट ड्रपआउट छ ।’ अन्य विषयमा कक्षा छोड्ने विद्यार्थीको दर ४१ प्रतिशतसम्म रहेको बताउँदै उनले यो भयावह अवस्था भएको बताए । उनले भने, ‘यस्तो भएपछि अब सामुदायिक क्याम्पस कसरी चल्छन् ?’

संघीय सरकारबाट सामुदायिक क्याम्पसले केही अनुदान नपाएको र प्रदेश सरकारसँग माग गर्दा सबै क्याम्पसलाई ७ लाखका दरले दिने निर्णय भएको तर कार्यान्वयन हुन बाँकी रहेको उनको भनाइ थियो । कतिपय क्याम्पसलाई ७ लाख रुपैयाँले राम्रो सहयोग पुग्ने तर कतिपयलाई सो सहयोगले कुनै भरथेग नगर्ने हुनाले सबै क्याम्पसलाई बराबरी रकम दिने निर्णय वैज्ञानिक नभएको उनले सुनाए ।

सामुदायिक क्याम्पसलाई सुधार्न कसैले पनि खासै इच्छा नदेखाएको तर परिषद् सदस्य छान्ने बेलामा भने सबैले राम्राराम्रा योजना सुनाउने गरेको र पछि त्यत्तिकै सेलाउने गरेको उनले सुनाए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments