विराटचोकः नेकपा माओवादी केन्द्रका सुन्दरहरैंचा अध्यक्ष दुष्यान्त भट्टराईले पाठ्यक्रमलाई नियमित परिमार्जित गरे मात्रै मानव जीवनको तत्कालीन अवस्थाको सम्बोधन हुने बताएका छन् । सुकुना बहुमुखी क्याम्पसको १७ औँ परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लामो समयदेखि पाठ्यक्रम नियमित परिमार्जित नहुँदा अघिल्लो पुस्ताको सिकाइ पुस्तान्तरण हुन नसकेको बताए ।
घरमा बसेर संसार पल्टाउने कुरा गर्ने पुस्ता हामीले उत्पादन गरे पनि समाजका सम्पूर्ण समस्याको समाधानमा चुप लाग्ने पुस्ता हामीले उत्पादन गरिरहेको उनले बताए । नेपालमा व्यावसायिक कृषिकर्म भए पनि सोसम्बन्धी प्राविधिक उत्पादन गर्न नसक्दा व्यवसाय गर्नेलाई पनि समस्या परिरहेको र नेपालको अर्धदक्ष र अदक्ष जनशक्ति विदेश पलायन भइरहेको उनले सुनाए ।
पठन संस्कृतिको विकास गर्न सकिएन भने समाज रुपान्तरण गर्ने पुस्ता निर्माण नभई समाज अर्कै दिशातिर जाने र दिग्भ्रमित हुने सम्भावना नरहेकाले बौद्धिक र प्राज्ञिक व्यक्तित्वले यस विषयमा छलफल चलाउनुपर्ने उल्लेख गरे ।