विराटचोकः समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।
बोर्डका अनुसार ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । ती कम्पनीलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश जलविद्युत् र लघुवित्त छन् ।