Tuesday, December 24, 2024
Homeफिचरराष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंः राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ ज्येष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

२४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागू हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

दोस्रो चरणमा आगामी माघ १ गतेबाट थप ३८ जिल्लामा र आगामी १ साउन देखि देशैभर राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो ।

सम्बन्धित समाचारहरुः

राष्ट्रिय परिचयपत्र नम्बर र भर्पाइ हराउनुभयो भने यसरी लिन सकिन्छ अनलाइनबाट

कुन जिल्लामा कहिलेदेखि राष्ट्रिय परिचयपत्र लागू हुने, कुन क्षेत्रमा कहिले

तीन चरणमा राष्ट्रिय परिचयपत्र लागू गरिने

सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments