Tuesday, December 24, 2024
Homeफिचरराष्ट्रिय परिचयपत्र नम्बर र भर्पाइ हराउनुभयो भने यसरी लिन सकिन्छ अनलाइनबाट

राष्ट्रिय परिचयपत्र नम्बर र भर्पाइ हराउनुभयो भने यसरी लिन सकिन्छ अनलाइनबाट

विराटचोकः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै विवरण भराएर परिचयपत्र नम्बर र भरपाइ हराएकाहरुलाई अनलाइनबाट पुनः प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

विभागले क्युआर कोड स्क्यान गरेर आफ्नो नागरिकताको विवरण राखेर पुनः परिचयपत्र नम्बर पाउन सकिने व्यवस्था गरेको हो । राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरे पनि राष्ट्रिय परिचयपत्र नम्बर (एनआईएन) प्राप्त नभएका र विवरण दर्ता गर्दाका बखत लिएको भरपाइ हराएका सेवाग्राहीले यस्तो सेवा लिन सक्ने बताइएको छ ।

विभागले सञ्चालन गरेको पोर्टलमा आफ्नो नागरिकताको विवरण राखेर आफ्नो राष्ट्रिय परिचय नम्बर तथा भरपाइ प्राप्त गर्न सकिने विभागले जनाएको छ । यसका लागि विभागले पोर्टलको क्युआर सार्वजनिक गरेको छ ।

देशका सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय, १ सीमा प्रशासन कार्यालय तथा विभिन्न स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण भइरहेको विभागले जनाएको छ ।

यस्तो छ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचनाः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments