Tuesday, December 24, 2024
Homeफिचररथयात्रामा आउने भक्तजनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयको आयो यस्तो अनुरोध

रथयात्रामा आउने भक्तजनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयको आयो यस्तो अनुरोध

विराटनगरः एशियाकै दोस्रो ठूलो रथयात्रा दाबी गरिएको विराटनगरमा आज निकालिने श्रीकृष्णको रथयात्रामा आउने भक्तजनको सुरक्षा र सुविधाका लागि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।

यस्तो छ कार्यालयको अनुरोधः
१) बहुमुल्य गरगहनाहरू लगाई समारोहमा नआउनु हुन ।

२) अधिक नगद र बहुमुल्य सामग्रीहरू साथमा नल्याउनु हुन ।

३) रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर–तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक बसपार्क महेन्द्र चोक–भृकुटी चोक–बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगरीदिनुहुन ।

४) सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लक लगायतका सुरक्षाका अतिरिक्त विधिहरु समेत अपनाई सिसी टिभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गरी दिनुहुन ।

५) आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउनु हुन ।

६) वृद्धवृृद्धाहरूले साथमा सहयोगी लिएर मात्र आउनु हुन ।

७) भीडभाडको फाइदा लिई महिला तथा बालबालिकाहरू माथि हुन सक्ने दुर्व्यवहारप्रति सजग रहनु हुन ।

८) घरका सवै सदस्यहरु एकैपटक घरबाट ननिस्की आलोपालो गरेर मात्र आउनुहुन ।

९) घरबाट सबै सदस्यहरु एकै समयमा बाहिर जानुपर्दा बलियोसँग ढोका बन्द गरेर मात्र जानुहुन ।

१०) तपाईको छेउमा रहेको जुनसुकै व्यक्ति शंकास्पद व्यक्ति हुन सक्ने भएकोले हर हमेसा चनाखो रहनु हुन ।

११) कुनै पनि प्रकारको चोरी, लुटपाट, दुर्व्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि शंकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिनुहुन ।

आज राधाकृष्ण रथयात्रा, प्रदेशभर सार्वजनिक बिदा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments