विराटचोकः श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा फ्रि गरेको घोषणा गरेको छ । बुधबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत श्रीलंकाका विदेश मन्त्रीले भिसा नचाहिने देशको सूची सार्वजनिक गरेका हुन् ।
अक्टोबर १ बाट देखि महिनाको लागि लागू हुने सो नियम उल्लेख गर्दै विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा सूची प्रकाशन गरेका हुन् । प्रकाशित सूचीको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नेदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छन् ।
त्यस्तै, अस्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजकिस्तान, साउदी अरेबिया, यूएई, नेपाल, चीन, भारत, इण्डोनेसिया, रसिया, थाईल्याण्ड, मलेसिया, जापान, फ्रान्स, अमेरिका, क्यानडा, चेक रिपब्लिक, ईटाली, स्वीट्जरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्वीडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन तथा न्युजिल्याण्डका नागरिकलाई श्रीलंका प्रवेशमा भिसा नचाहिने भएको हो ।