विराटचोकः आज सुनको भाउले फेरि नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ निर्धारण भएको छ । योसँगै सुनको भाउले भदौ २ गतेको कीर्तिमानी मूल्यलाई तोडेको हो । भदौ २ गते सुनको भाउ १ लाख ५२ हजार ८०० रुपैयाँमा कारोबार भएर रेकर्ड कायम हुँदा साउन २९ गतेको रेकर्ड तोडिएको थियो । साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।