विराटचोकः उतारचढावका बीच शेयर बजार झिनो अङ्कले बढेर बन्द भए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ०७ प्रतिशत अर्थात् २ दशमलव ११ अङ्कले बढेर २९६८ दशमलव ४४ बिन्दुमा रोकिएको छ ।
आज कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा निकै घटेको छ । आज ३३७ कम्पनीको १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३१९ पटक किनबेच भएको हो ।
५ उपसमूहको सूचक बढेको छ भने बाँकी ८ उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४ दशमलव ९९ प्रतिशतले बढेको छ भने ब्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ०९ प्रतिशतले घटेको छ ।
आज रिलायन्स फाइनान्स, सिन्धु विकास बैंक, दोल्ती पावर, मल्टीपर्पाेज फाइनान्स र कर्पाेरेट डेभलपमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्णली डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मातृभूमि लघुवित्तको शेयरमूल्य ५ दशमलव ९८ प्रतिशत र सम्पदा लघुवित्तको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७८ लाख, एभरेष्ट बैंकको ४५ करोड ९ लाख र सानिमामाइ हाइड्रोपावरको ३६ करोड ८० लाख र सिइडीबी हाइड्रोको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब १४ अर्ब ५० करोड ८ लाख ७ हजार ४९६ रुपैयाँ कायम भएको छ ।