विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ६९ अंक बढेर २९८१.०३ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.८२ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन आइतबार ३४.४७ अंक घटेर नेप्से २९६६.३३ विन्दुमा बन्द भएको थियो ।
बुधबार प्रि ओपन सेसनमा १०२ कम्पनीको ३५१ पटकको कारोबारमा २ करोड २६ लाख ११ हजार ४२७ रुपैयाँको ५० हजार ८७ कित्ता शेयर किनबेच भएको छ ।
कुमारी बैंकको सबैभन्दा धेरै २१ लाख २७ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।