Tuesday, December 24, 2024
Homeफिचरभदौमा १३ बैंकले घटाए ब्याजदर, एउटाले बढाउँदा ४ को स्थिर

भदौमा १३ बैंकले घटाए ब्याजदर, एउटाले बढाउँदा ४ को स्थिर

विराटचोकः वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्राइम कमर्सियल बैंकले मात्रै ब्याजदर बढाएको छ ।

बैंकहरुले भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशतविन्दु रहेको छ । यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२४ प्रतिशतविन्दु घटेको छ ।

भदौ महिनामा एनआईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा यी बैंकहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ । यस्तो निक्षेपमा सो बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments