विराटचोकः बिहीबार दिनभर पटकपटक ३००० भन्दा तल वा ३००० को छेउछाउ आउँदै ३०३५ आसपास पुगेको नेप्से अन्तिम समयमा बिक्री चाप आउँदा ४३ दशमलव ५ अंक बढेर ३०००.८१ को बिन्दुमा रोकिएको छ ।
महिनाको अन्तिम कारोबार दिन बिहीबार ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको शेयर किनबेच भएको छ । बिहीबार सबैभन्दा धेरै पटक कारोबार, सबैभन्दा धेरै कित्ता कारोबार र सबैभन्दा धेरै रकमको कारोबार र समग्र बजार पूँजीकरण गरी गरी ४ ओटा रेकर्ड कायम भएका छन् ।
बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने बैंकिङ समूहको उपसूचक ५ दशमलव ६५ प्रतिशतले बढ्दा लगानी, सामुहिक लगानी कोष, विकास बैंक समूहसहित ८ ओटा सूचकमा हरियो पोतिएको छ ।
बिहीबार वित्त समूह सबैभन्दा धेरै ३ दशमलव ०५ प्रतिशतले घटेको छ । लघुवित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचकमा गिरावट आएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख ८६ हजार ९१८ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचारहरूः
आज पनि शेयर बजारमा ४ वटा कीर्तिमानी, तोडिए हिजोका सबै कीर्तिमानी, नेप्से सूचक २९०० माथि