Tuesday, December 24, 2024
Homeफिचरशेयर बजारमा आज बने ४ रेकर्ड

शेयर बजारमा आज बने ४ रेकर्ड

विराटचोकः लगानीकर्ताले कोरेको २८०० को मनोवैज्ञानिक रेखा पार गरेसँगै नेप्सेले आज ४ वटा रेकर्ड बनाएको छ । कारोबार रकम, कारोबार सङ्ख्या, कारोबार कित्ता र बजार पूँजीकरणमा नयाँ कीर्तिमानी कायम भएका हुन् ।

बजार खुलेदेखि नै निरन्तर उकालो लागेको शेयर बजारले आज २८०० को मनोवैज्ञानिक रेखा २ पटक पार गर्दै झर्दै गरेको थियो । यसअघि ३ दिन बजारले सोही प्रवृत्ति दोहोर्याएको थियो । तर पछि बजार क्रमश बढ्दै जाँदा ९४ अङ्क भन्दा बढी बढेपछि नेप्से २८६० भन्दा माथि पुगेको हो । जुन सूचक हालसम्मकै उच्च हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार कित्ता र कारोबार सङ्ख्याले पनि उच्चतम रेकर्ड बनाएको छ । आज आज ३३० कम्पनीका २ लाख ७५ हजार २०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच भएका छन् ।

यसअघि साउन २२ गते मङ्गलबार शेयर बजारमा २ लाख ७१ हजार ५८७ पटक कारोबार हुँदा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको थियो । सो दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँका शेयर कारोबार भएको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको छ । बजार पूँजीकरण हालसम्मकै उच्च हो । यसअघि साउन २१ गते बजार पूँजीकरण ४४ खर्ब ३८ अर्ब ७२ करोड २१ लाख २ हजार ४५८ रुपैयाँ कायम भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments