विराटचोकः अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षमा घाटा बेहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६२ प्रतिशतले विद्युत बिक्रीबापतको आम्दानी गुमाएपछि घाटा बेहोरेको हो । गत आर्थिक वर्षमा विद्युत बिक्रीमार्फत् २३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा भने ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ । ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १७ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ ।