Friday, December 5, 2025
Homeफिचरआज पनि शेयर बजारमा ४ वटा कीर्तिमानी, तोडिए हिजोका सबै कीर्तिमानी, नेप्से...

आज पनि शेयर बजारमा ४ वटा कीर्तिमानी, तोडिए हिजोका सबै कीर्तिमानी, नेप्से सूचक २९०० माथि

विराटचोकः शेयर बजारमा हिजो कायम भएका ४ वटै कीर्तिमानी आज तोडिएका छन् । सबैभन्दा धेरै रकमको कारोबार, धेरै पूँजीकरण, धेरै कारोबार सङ्ख्या र धेरै कित्ता कारोबारको कीर्तिमान तोडिएको हो ।

शेयर बजारमा आज ३३९ कम्पनीको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर कारोबार भएको छ । आज २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको शेयर कारोबार हुँदा बजार पूँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार ३१६ रुपैयाँ कायम भएको छ । नेप्से ७० दशमलव ८१ अर्थात् २ दशमलव ४७ प्रतिशतले बढेर २९३१ दशमलव ६५ मा अडिएको छ ।

हिजो ३३० कम्पनीको २ लाख ७५ हजार ३०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार भएको थियो । हिजो २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको शेयर कारोबार हुँदा बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर १० प्रतिशत बढेको छ । बजार बढे पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने १० प्रतिशत घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब २२ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतभन्दा बढी बढ्दा उत्पादनमूलक समूह र लगानी समूहमा भने रातो पोतिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments