विराटचोकः शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १२६ दशमलव ८७ प्रतिशत बढी नाफा कमाएको छ ।
गत आर्थिक वर्षमा सो इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७ दशमलव ४२ गुणा रहेको छ ।
२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ ।