विराटचोकः लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा सो लघुवित्त ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ । ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।