Monday, December 23, 2024
Homeफिचरलगातार तेस्रो दिन अमेरिकी डलरको भाउ कीर्तिमानी मूल्यमा

लगातार तेस्रो दिन अमेरिकी डलरको भाउ कीर्तिमानी मूल्यमा

विराटचोकः अमेरिकी डलरको भाउले आज लगातार तेस्रो दिन कीर्तिमानी मूल्य कायम गरेको छ । आज डलरको भाउ १ पैसा महङ्गिएको हो । हिजो १७ पैसा महङ्गिएर अस्तिको कीर्तिमानी मूल्यलाई भङ्ग गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ०४ पैसा रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि हिजो साउन २३ गते र त्यसअघि अस्ति साउन २२ गते डरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसअघि साउन १९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज युरो र पाउण्ड स्टर्लिङ डलरको भाउ पनि बढेको छ । हिजो यी दुवै मुद्राको विनिमय दर घटेको थियो । आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५ पैसा रहेको छ ।

हिजो युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा रहेको थियो । अस्ति युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको थियो ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा तोकिएको छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ तोकिएको थियो ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा तोकिएको थियो ।

यस्तो छ आज विभिन्न मुद्राको विनियम दरः

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments