Tuesday, December 24, 2024
Homeकला र साहित्यप्रधानमन्त्री ओली चलचित्रमा अभिनय गर्दै, माधव नेपाल र ज्ञानेन्द्र शाहीको पनि डेब्यु...

प्रधानमन्त्री ओली चलचित्रमा अभिनय गर्दै, माधव नेपाल र ज्ञानेन्द्र शाहीको पनि डेब्यु चलचित्र बन्दै ‘नमेटिने घाउ’

खेमचन्द्र अधिकारी
विराटचोकः नेपाली कथानक चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपाका नेता ज्ञानेन्द्र शाहीले अभिनय गर्नुभएको छ । उहाँहरुको डेब्यु चलचित्र एसिडपीडितको कथामा आधारित ‘नमेटिने घांउ’ भएको छ ।

प्रधानमन्त्री ओलीको करिब ५० सेकेण्डको संवादसहितको दृश्यका लागि यसै साता उहाँको स्वराङ्कन गरिएको छ । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण गरिरहेको यो चलचित्रमा ओलीको अभिनयसहितको दृश्य बालकोटस्थित प्रधानमन्त्रीको निवासमा छायाङ्कन गरिएको हो । प्रधानमन्त्री ओलीले मेकअपसहितको दृश्य खिच्न र कलाकारहरुसँग गफ गर्नको लागि करिब २ घण्टा समय दिनुभएको थियो । गत शनिबार त्यही दृश्यको स्वराङ्कनका लागि उहाँले झण्डै पौने घण्टाको समय दिनुभएको थियो ।

निजी निवासबाट अनामनगरमा रहेको द म्युजिक एरा स्टुडियोसम्म पुगेर उहाँले स्वराङ्कन गराउनुभएको थियो । सो स्वराङ्कनका लागि आउन जान समेत जोड्दा शनिबार ५० सेकेण्डको उक्त दृश्यको ‘भ्वाइस डविङ’ गर्न डेढ घण्टा भन्दा धेरै समय खर्च गरेर त्यति छोटो अवधिको कुनै चलचित्रको दृश्यको लागि कुनै पनि देशको प्रधानमन्त्रीले समय दिनु सम्भवतः विश्वकै पहिलो घटना भएको अनुमान गरिएको छ ।

एसिड आक्रमणमा परेका ३३ जना व्यक्तिहरूको वास्तविक जीवनमा आधारित कथामा सो चलचित्र तयार पारिएको बताइएको छ । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटासहितका एसिड पीडितहरुको मुख्य अभिनय रहेको बताइएको छ । पूर्वप्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरुले सो चलचित्रमा केही सेकेण्ड अभिनय गर्नुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments