विराटचोकः अघिल्लो अघिल्लो आर्थिक वर्षमा २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको पोखरा फाइनान्सले गत आर्थिक वर्षमा १० करोड ६४ लाख रुपैयाँ नोक्सान बेहोरेको छ ।
अघिल्लो वर्ष ५.३८ प्रतिशत रहेको खराब कर्जा बढेर ९.७५ प्रतिशत पुगेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा (वार्षिक) ऋणात्मक रहेको छ । गत वर्ष प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५ पैसा छ ।
फाइनान्सको खुद ब्याज आम्दानी ३० करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असारसम्ममा कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष फाइनान्सले ४ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि २३ करोड ५६ लाखबाट बढेर ४५ करोड २६ लाख रुपैयाँ भएको छ । वितरणयोग्य नाफा ४६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।