विराटचोकः राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०–८१ का लागि सबैभन्दा राम्रो वित्तीय विवरण गरिमा विकास बैंकले प्रस्तुत गरेको छ ।
लाभांश क्षमता कामना सेवा विकास बैंकको राम्रो रहेको छ । सो बैंकले झण्डै १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । गरिमा दोस्रो नम्बरमा छ ।
विकास बैंकमध्ये राम्रो वित्तीय विवरण प्रस्तुत गरेको गरिमाको प्रतिशेयर आम्दानी २० रुपैयाँ, खूद नाफा ११३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ ।
गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । मुक्तिनाथले १२७ करोड नाफा कमाउँदा इपीएस भने १८.१५ रुपैयाँ रहेको छ । मुक्तिनाथको खराब कर्जा अनुपात २.२६ प्रतिशत मात्र रहेको छ ।
साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खूद नाफा कमाएको छ । बैंकको इपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ । लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा ४७ करोड बढी नाफा कमाएको छ भने इपीएस ११.२७ रुपैयाँ, एनपीएल ४.५८ प्रतिशत र लाभांश क्षमता ४.२५ प्रतिशत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा इपीएस १५.१७ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४.०८ प्रतिशत रहेको यो बैंकको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ ।
ज्योति विकास बैंकमा सबैभन्दा धेरै खराब कर्जा थुप्रिएको देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशत, नाफा २४.६५ करोड, इपीएस ५.६१ रुपैयाँ रहेको छ ।
लुम्बिनी विकास बैंकले नाफा ६० करोड कमाएको छ भने यसको इपीएस १७.१६ रुपैयाँ, खराब कर्जा अनुपात ३.२९ प्रतिशत देखिन्छ ।