Tuesday, December 24, 2024
Homeफिचरहिजो ५ प्रतिशतले घटेको शेयर बजार आज बढ्यो ४ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको...

हिजो ५ प्रतिशतले घटेको शेयर बजार आज बढ्यो ४ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको डेढ अर्बको कारोबार

विराटचोकः मंगलबार १४५ अंक अर्थात् ५ प्रतिशतले घटेको शेयर बजार बुधबार ४ प्रतिशत अर्थात् १०८ दशमलव ३५ अङ्क बढेर २७५९ दशमलव ६७ विन्दुमा पुगेको छ । हिजो हालसम्मकै उच्च अर्थात् २३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा आज कारोबार रकम भने घटेको छ । आज ३३० कम्पनीको २ लाख १२ हजार ६८१ पटकको कारोबारमा ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँको शेयर किनबेच भएको छ ।

१० कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रि इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो । मूल्य घट्नेमा फरवार्ड माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्त तथा केही डिबेन्चर र सामुहिक लगानी कोष रहेका छन् ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७३ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेण्ट्स, चिलिमे हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

१३ वटै उपसमूहको सूचकमा हरियाली छाउँदा अन्य उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव ८९ प्रतिश बढेको छ । वित्त उपसमूहको परिसूचक ७ दशमलव ६३ प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ४५ करोड ५० लाख ८६ हजार २०३ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments