विराटचोकः मङ्गलबार शेयर बजारमा ३ वटा कीर्तिमान कायम भएका छन् । मङ्गलबार बजार ५ दशमलव १८ प्रतिशत अर्थात् १४५ दशमलव ०५ अङ्कल तल झरेको छ ।
बजारमा बिक्री चाप पर्दा मङ्गलबार कारोबार रकम, कारोबार सङ्ख्या र कारोबार कित्ताका अघिल्ला रेकर्ड तोडिएका हुन् ।
मङ्गलबार २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँको शेयर किनबेच भएर नयाँ रेकर्ड कायम भएको हो । यसअघि गत बिहीबार २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
मङ्गलबार २ लाख ७१ हजार ५८७ पटक कारोबार हुँदा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।
यसअघि साउन १८ गते बिहीबार २ लाख ३८ हजा २७२ पटक कारोबार हुँदा ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएको कीर्तिमानी कारोबार सङ्ख्या र कारोबार कित्ता रहेको थियो ।