विराटचोकः बुधबार शेयर बजारमा तीन वटा नयाँ रेकर्ड कायम भएका छन् । कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कारोबार रकमले उच्चतम रेकर्ड कायम गरेका हुन् ।
बुधबार शेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको शेयर किनबेच भएको छ । सो रकम हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि सन् २०२१ जुलाई १५ का दिन २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो । ३ वर्षपछि नेप्सेले सो रेकर्ड तोडेको हो ।
बुधबार नेप्सेमा २ लाख ३८ हजार २७२ पटक कारोबार भएको छ । यो कारोबार सङ्ख्या पनि हालसम्मकै सबैभन्दा धेरै हो ।
त्यस्तै, बुधबार ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएको शेयर कित्ता सङ्ख्या पनि हालसम्मकै उच्च हो ।
यसरी नेपाली शेयर बजारमा बुधबार कित्ता सङ्ख्या, कारोबार सङ्ख्या र कारोबार रकमले उच्चतम रेकर्ड कायम गरेको हो ।