विराटचोकः कृषि विकास बैंकले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमएको छ । बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य नाफा कमाएको छ ।
खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३२ करोड मात्रै नाफा कमाएको थियो । अघिल्लो वर्ष ७ दशमलव ४२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २३३ दशमलव ५५ प्रतिशत बढेर २४ रुपैयाँ ७५ पैसा पुगेको छ ।
बैंकले २ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने २ खर्ब १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ ।
अघिल्लो वर्ष २.७८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात भने बढेर ३.४४ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३८ पैसा रहेको छ ।