विराटचोकः सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ४ दशमलव ७८ प्रतिशत कम नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ३.४३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ । बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३ दशमलव २२ गुणा रहेको कायम भएको छ ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।