विराटचोकः ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव १३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २९ दशमलव ९० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी २ दशमलव ९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८ दशमलव २५ प्रतिशत घटेको छ । खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ ।
३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।