विराटचोकः प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ हजार ४९९ दशमलव ०४ प्रतिशत बढी नाफा कमाएको छ ।
गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २८ करोड मात्र नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी २०.६७ प्रतिशत बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ छ ।